भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

होन्डुरसमा भीषण गोलीकाण्ड: मजदुर र प्रहरीसहित २५ जनाको ज्यान गयो

होन्डुरसमा भीषण गोलीकाण्ड: मजदुर र प्रहरीसहित २५ जनाको ज्यान गयो

होन्डुरस । मध्य अमेरिकी देश होन्डुरसमा बिहीबार भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । घटनामा १९ जना मजदुर र ६ जना प्रहरी अधिकारी मारिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

स्थानीय सुरक्षा निकायका अनुसार अज्ञात बन्दुकधारीहरूले फरकफरक स्थानमा अन्धाधुन्ध गोली चलाएका थिए । घटनापछि प्रभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । पहिलो आक्रमण उत्तरी होन्डुरसको ट्रुजिलो क्षेत्रमा रहेको एक कृषि बगानमा भएको हो । सार्वजनिक अभियोजक कार्यालयका प्रवक्ता युरी मोराका अनुसार उक्त घटनामा १९ जना मजदुरको ज्यान गएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त क्षेत्र लामो समयदेखि जग्गा विवाद, कृषि संघर्ष तथा हिंसात्मक गतिविधिका कारण संवेदनशील मानिँदै आएको छ । वातावरण संरक्षण र भूमि अधिकारसँग सम्बन्धित द्वन्द्वका कारण यसअघि पनि त्यहाँ हिंसात्मक घटना हुँदै आएका थिए ।

त्यसको केही समयपछि ओमोआ क्षेत्रमा अर्को आक्रमण भएको थियो । ग्वाटेमालाको सीमा नजिक रहेको उक्त क्षेत्रमा बन्दुकधारीहरूले प्रहरी टोलीलाई लक्षित गर्दै गोली चलाएका थिए । प्रहरीका अनुसार घटनामा एक वरिष्ठ अधिकारीसहित ६ जना प्रहरी सदस्य मारिएका छन् । ती प्रहरीहरू राजधानी तेगुसिगाल्पा बाट एन्टी ग्याङ अपरेशनका लागि ओमोआतर्फ जाँदै गरेका थिए ।

घटनापछि होन्डुरसकाे सुरक्षा मन्त्रालयले दुवै घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञ तथा अभियोजकहरूको विशेष टोली प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ । सरकारले घटनापछि सुरक्षा अभियानलाई थप कडा बनाउने र अपराधीहरूलाई तत्काल नियन्त्रणमा लिन विशेष अपरेशन सञ्चालन गरिने जानकारी दिएको छ ।

लगातार बढिरहेका हिंसात्मक घटनाले होन्डुरसमा सुरक्षा चुनौती थप गम्भीर बन्दै गएको विश्लेषण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.