भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कार्यालयमा भौतिक रूपमा उपस्थित समेत नहुन सबैमा विभागले अनुरोध

कार्यालयमा भौतिक रूपमा उपस्थित समेत नहुन सबैमा विभागले अनुरोध

काठमाडौँ । श्रम स्वीकृतिको कार्य पूर्ण रूपमा अनलाइन मार्फत नै लिन सबैमा बैदेशीक रोजगार विभागले अनुरोध गरेको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनका लागि कार्यालयमा भौतिक रूपमा नआउन आग्रह गरेको हो ।

टोकन प्राप्त गरेको मिति र समयबाट प्राविधिक कारणले सम्भव भएसम्म ७२ घण्टाभित्र अनलाइन रूपमा श्रम स्वीकृति सम्बन्धी सेवा प्रदान गरिने प्रतिबद्धता विभागले गरेको छ । वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी व्यवस्था मिलाइएको विभागले जनाएको हो ।

उपलब्ध जनशक्तिको आधारमा दैनिक (टोकन) खुला गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको भन्दै विभागले भौतिक रूपमा कार्यालयमै उपस्थित नहुन अनुरोध गरेको हो । केही समय अघिसम्म फेमिसमा समस्या आएपछि श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय पुग्नेको भीड लाग्ने गरेको थियो ।

अहिले फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागले कार्यालयमा नआएर अनलाइनबाटै श्रम स्वीकृति लिन अनुरोध गरेको हो । श्रम स्वीकृति नभई हवाई टिकट नलिन र कार्यालयमा भौतिक रूपमा उपस्थित समेत नहुन सबैमा विभागले अनुरोध गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.