भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतमा तीर्थयात्री बोकेको बसमा आक्रमण, १० जनाको मृत्यु

भारतमा तीर्थयात्री बोकेको बसमा आक्रमण, १० जनाको मृत्यु

काठमाडौं । भारतको जम्मू–कश्मीरको रियासीमा तीर्थयात्री बोकेको बसमा उग्रवादीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।रियासी जम्मू क्षेत्रमा पर्दछ। सो आक्रमणबारे प्रतिक्रिया दिँदै राष्ट्रपति द्रौपदी मुर्मूले दुःखको यस घडीमा देश पीडित परिवारको साथ रहेको जनाएकी छन्।

यस्तै भाजपाका तर्फबाट नवनियुक्त मन्त्री अमित शाहले पनि घटनाको निन्दा गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले सो आक्रमणलाई कायरतापूर्ण भनेका छन्।प्रहरीका अनुसार सो बस शिवखोरीबाट कटरातर्फ जाने क्रममा आइतबार आक्रमण भएको हो। आक्रमणका कारण चालकले सन्तुलन गुमाएपछि बस खाडीमा परेको थियो।

घाइतेलाई अस्पताल लगिएको जनाइएको छ। बसमा अधिकांश उत्तरप्रदेशका बासिन्दा रहेको जनाइएको छ। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.