भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

लिपुलेक मार्ग विवादमा भारतको जवाफ : ‘कैलाश यात्राको पुरानो बाटो, नेपालको दाबी अस्वीकार्य’

लिपुलेक मार्ग विवादमा भारतको जवाफ : ‘कैलाश यात्राको पुरानो बाटो, नेपालको दाबी अस्वीकार्य’

काठमाडौँ, २१ बैशाख । लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने मार्गका विषयमा नेपालले उठाएको सीमासम्बन्धी दाबीप्रति भारतले असहमति जनाएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालको दाबीलाई ‘अनुचित’ र ‘ऐतिहासिक तथ्यमा आधारित नभएको’ बताएका छन्।

नेपालले दिएको प्रतिक्रियाको जवाफ दिँदै उनले लिपुलेक सम्बन्धमा भारतको अडान स्पष्ट र सुसंगत रहेको जिकिर गरे। ‘लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो। दशकौँदेखि यो बाटो प्रयोग हुँदै आएको छ, यो कुनै नयाँ विषय होइन,’ विज्ञप्तिमा उल्लेख छ।

भारतले नेपालको चुच्चे नक्सामा समेटिएका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमाथिको दाबीलाई ‘एकतर्फी’ र ‘कृत्रिम विस्तार’ भन्दै अस्वीकार गरेको छ। ती भूभागमा नेपालको दाबी ऐतिहासिक प्रमाणले पुष्टि नहुने भारतको अडान छ। यद्यपि, भारतले सीमा विवाद समाधानका लागि नेपालसँग संवादको ढोका खुला रहेको जनाएको छ। कूटनीतिक माध्यमबाट द्विपक्षीय वार्ता गरी समाधान खोज्न आफू तयार रहेको भारतको भनाइ छ।

यसअघि नेपालले लिपुलेक हुँदै भारत–चीन आवतजावत हुने मार्ग सञ्चालन भएकोप्रति आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयमार्फत ६ बुँदे प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.