भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भारतीय वायुसेनाको बिमान दुर्घटनामा दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटनामा दुई पाइलटको मृत्यु

तेलंगाना । भारतीय वायुसेनाको एक ट्रेनर विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ । भारतीय वायुसेनाले नै दुर्घटनाको जानकारी दिएको हो ।

भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको हो ।

उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ । विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का एक वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् ।

पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर बाटोमा दुर्घटना भएको थियो ।

विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.