भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

वन्यजन्तु आतंकबारे सांसद इन्दिरा रानामगरको चिन्ता : “सरकार नै नभएको अनुभूति”

वन्यजन्तु आतंकबारे सांसद इन्दिरा रानामगरको चिन्ता : “सरकार नै नभएको अनुभूति”

मुख्य बुँदा

सांसद इन्दिरा रानामगरले संसदमा उठाइन् हात्ती आतंकको विषय

झापा लगायत तराई क्षेत्रमा वन्यजन्तुको आक्रमण बढ्दो

“नागरिकले सरकार नभएको अनुभूति गरेका छन्” — रानामगर

वनपाले अभावले जोखिम बढेको टिप्पणी

अर्जुनधाराका दिनेश पराजुली हात्ती आक्रमणमा गम्भीर घाइते

सरकारलाई तत्काल नियन्त्रण र उपचार व्यवस्थाको माग

काठमाडौं, ३० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद इन्दिरा रानामगर ले झापा लगायत तराईका विभिन्न जिल्लामा बढ्दो हात्ती आतंक नियन्त्रणका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले वन क्षेत्र आसपास बसोबास गर्ने नागरिकहरूले मुलुकमा सरकार नै नभएको जस्तो अनुभूति गरिरहेको टिप्पणी गर्नुभयो।

सांसद रानामगरले वनपालेको अभावका कारण जंगल आसपासका बस्तीमा जंगली जनावरको आक्रमण बढिरहेको उल्लेख गर्दै त्यस्ता घटना रोक्न सरकारले आवश्यक सुरक्षा तथा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।

उहाँले हालै अर्जुनधारा का दिनेश पराजुली जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएको घटना उल्लेख गर्दै घाइतेको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्नुभयो।

वन्यजन्तुको बढ्दो आतंकका कारण स्थानीयवासी त्रसित बनेको भन्दै सांसद रानामगरले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको धारणा राख्नुभयो।

 


Thali Mobile Pvt.Ltd.