भर्खरै : Sorry, your browser does not support inline SVG.

साउदी अरबले इरानमाथि गोप्य सैन्य हमला गरेको खुलासा

साउदी अरबले इरानमाथि गोप्य सैन्य हमला गरेको खुलासा

काठमाडौं, ३० बैशाख । साउदी अरब ले इरान को भूमिमाथि गोप्य सैन्य हमला गरेको खुलासा भएको छ। समाचार संस्था Reuters का अनुसार गएको मार्च महिनाको अन्त्यतिर साउदी अरबले पहिलो पटक इरानविरुद्ध प्रत्यक्ष सैन्य कारबाही गरेको हो।

यसअघि साउदीले इरानमाथि प्रत्यक्ष हमला गरेको सार्वजनिक भएको थिएन। पछिल्ला केही महिनादेखि अमेरिकाइजरायल ले इरानमाथि आक्रमण तीव्र बनाइरहेका बेला साउदी अरबको संलग्नता बाहिर आएको हो।

त्यसपछि इरानले इजरायलसहित मध्यपूर्व क्षेत्रमा रहेका अमेरिका समर्थित खाडी मुलुकहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको बताइएको छ। रिपोर्टअनुसार फेब्रुअरी २८ बाट सुरू भएको अमेरिका–इरान तथा क्षेत्रीय द्वन्द्वका क्रममा इरान समर्थित समूहहरूले साउदी अरबमाथि लगातार ड्रोन र मिसाइल प्रहार गरेका थिए।

सोही हमलाको जवाफस्वरूप साउदी अरबले इरानभित्रै सैन्य आक्रमण गरेको दाबी गरिएको छ। सैन्य तनाव बढेपछि साउदी अरब र इरानबीच कूटनीतिक माध्यमबाट गहन संवाद समेत भएको रोयटर्सले जनाएको छ।

लामो समयदेखि आफ्नो सुरक्षाका लागि अमेरिकामा निर्भर रहँदै आएको साउदी अरबले पछिल्लो समय राष्ट्रिय सुरक्षाका मामिलामा आफैँ सक्रिय सैन्य कदम चाल्न थालेको विश्लेषण गरिएको छ।

यद्यपि, दुवै देशले द्वन्द्व थप चर्किन नदिन सार्वजनिक रूपमा संयमता अपनाइरहेका छन्। तर साउदी–इरान सम्बन्ध अझै तनावपूर्ण अवस्थामा रहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.