भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ |

जाजरकोट र रुकुम जोड्न भेरी नदीमा पुल बनाउने काम अलपत्र, कामदारले ज्यालासमेत पाएनन्

जाजरकोट र रुकुम जोड्न भेरी नदीमा पुल बनाउने काम अलपत्र, कामदारले ज्यालासमेत पाएनन्

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनीरग्याल्बा जेभीले १० करोड ३० लाख ४१ हजार रुपैयाँमा ठेक्का लिएर पुल निर्माणको प्रारम्भिक चरणका कामसमेत गरेको छैन ।

२०७३ सालको असार ३१ गते सम्झौता भएको पुल २०७५ पुस ३० गतेभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो तर कम्पनीले म्याद थपका लागि अनुरोध गरेपछि दुई वर्ष थप गरिएको थियो । अहिलेसम्म १५ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले जानकारी दिनुभयो । आठ वर्षसम्म १५ प्रतिशत काम गर्ने निर्माण कम्पनीलाई सडक विभागले शीघ्र निर्माण सम्पन्न गरेको अनुरोधलाई बेवास्ता गर्दै आएको छ ।

यसैबीच कामदारहरूले आफूहरूको भुक्तानी पनि नदिएको गुनासो गरेका छन् । काम गरेको ज्याला नपाएको नलगाड नगरपालिका–१० का सुरेन्द्र थापाले बताउनुभयो । गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख रुपैयाँ नपाएको भन्दै तत्काल भुक्तानी दिन माग गरेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.