भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

कतारको कूटनीतिक प्रयासप्रति इरान आभारी

कतारको कूटनीतिक प्रयासप्रति इरान आभारी

एजेन्सी, ११ असार । संयुक्त राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि अमिर–सईद इरावनीले इरान–इजरायल युद्धविराममा कूटनीतिक प्रयास गरेको भन्दै कतार सरकारलाई धन्यवाद दिएका छन्।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा मंगलबार बोल्दै इरावनीले भने, “इजरायली आक्रमण अन्त्य गर्न, युद्धविराम स्थापना गर्न र क्षेत्रीय तनावलाई नियन्त्रणमा राख्न कतारले देखाएको इमान्दार प्रयासप्रति हामी आभारी छौं।”

उनको यो अभिव्यक्ति इरानले खाडी क्षेत्रको अमेरिकी सैन्य हवाई अड्डामा आक्रमण गरेको भोलिपल्ट आएको हो, जसले परिस्थितिलाई थप संवेदनशील बनाएको थियो।

सीएनएनका अनुसार, कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीले इरानसँग प्रत्यक्ष वार्ता गरी युद्धविराममा सहमति जुटाएका थिए, जसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको घोषणा गरेका थिए।

यस घटनाले पश्चिम एसियाली क्षेत्रमा जटिल कूटनीतिक सन्तुलन र अन्तर्राष्ट्रिय हस्तक्षेपबीचको सम्बन्ध पुनः उजागर गरेको छ।

 


Thali Mobile Pvt.Ltd.