भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानी जहाज नियन्त्रणपछि अमेरिका–इरान तनाव चर्कियो

इरानी जहाज नियन्त्रणपछि अमेरिका–इरान तनाव चर्कियो

काठमाडौं, ७ बैशाख । इरान र संयुक्त राज्य अमेरिकाबीच झन तनाव बढेको छ । होरमुज जलडमरू नजिक अमेरिकी नौसैनिक बलले इरानी झण्डा बोकेको जहाज नियन्त्रणमा लिएपछि इरानले कडा चेतावनी दिएको हो ।

इरानले उक्त घटनालाई “खुला आक्रमण” को संज्ञा दिँदै आवश्यक परे कडा जवाफ दिने जनाएको छ । इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स (IRGC) निकट तास्निम समाचार एजेन्सीका अनुसार इरानी सेना जवाफी कारबाहीका लागि तयार रहेको बताइएको छ ।

जहाजमा चालकदलसँगै परिवारका सदस्य पनि रहेका कारण तत्काल प्रतिक्रिया दिन सीमितता रहेको इरानको भनाइ छ । चालकदल र परिवारको सुरक्षा सुनिश्चित भएपछि मात्र अमेरिका विरुद्ध कदम चालिने जनाइएको छ ।

यस घटनाले पहिले नै संवेदनशील पश्चिम एसियाली क्षेत्रमा तनाव अझ बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.