भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

इरानी जहाज नियन्त्रणपछि अमेरिका–इरान तनाव चर्कियो

इरानी जहाज नियन्त्रणपछि अमेरिका–इरान तनाव चर्कियो

काठमाडौं, ७ बैशाख । इरान र संयुक्त राज्य अमेरिकाबीच झन तनाव बढेको छ । होरमुज जलडमरू नजिक अमेरिकी नौसैनिक बलले इरानी झण्डा बोकेको जहाज नियन्त्रणमा लिएपछि इरानले कडा चेतावनी दिएको हो ।

इरानले उक्त घटनालाई “खुला आक्रमण” को संज्ञा दिँदै आवश्यक परे कडा जवाफ दिने जनाएको छ । इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स (IRGC) निकट तास्निम समाचार एजेन्सीका अनुसार इरानी सेना जवाफी कारबाहीका लागि तयार रहेको बताइएको छ ।

जहाजमा चालकदलसँगै परिवारका सदस्य पनि रहेका कारण तत्काल प्रतिक्रिया दिन सीमितता रहेको इरानको भनाइ छ । चालकदल र परिवारको सुरक्षा सुनिश्चित भएपछि मात्र अमेरिका विरुद्ध कदम चालिने जनाइएको छ ।

यस घटनाले पहिले नै संवेदनशील पश्चिम एसियाली क्षेत्रमा तनाव अझ बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.