भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक पक्राउ, ठूलो रकम बरामद

सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक पक्राउ, ठूलो रकम बरामद

काठमाडौँ, ८ बैशाख । कपिलवस्तु प्रहरीले सुन चोरी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेका छन् । उनीहरूलाई वैशाख ५ गते पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट १७ हजार १३६ अमेरिकी डलर सहित साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम, मलेसियन रिंगेट तथा दुई थान मोबाइल बरामद गरेको जनाएको छ ।

स्थानीय तथा सुनचाँदी व्यवसायीलाई अपरिचित व्यक्तिहरूले अल्मल्याएर सुन चोरी गर्ने गरेको सूचनाका आधारमा प्रहरी अनुसन्धानमा जुटेको थियो । यसअघि चैत ३० गते २० वर्षीया बिबी कालसुम र ४१ वर्षीया शबानालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट प्राप्त सूचनाका आधारमा थप अनुसन्धान अघि बढाउँदै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस प्रकरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.