भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

छिमेकीबीचको विवाद उग्र बन्दा उदयपुरमा धारिलो हतियार प्रहार, एक जनाको मृत्यु

छिमेकीबीचको विवाद उग्र बन्दा उदयपुरमा धारिलो हतियार प्रहार, एक जनाको मृत्यु

उदयपुर, ७ बैशाख । चौदण्डीगढी नगरपालिका मा छिमेकीबीचको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ।आइतबार साँझ वडा नं. ७ सीता पाइला टोलमा ७३ वर्षीय राम प्रसाद राई ले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय माहाशेर राई को मृत्यु भएको हो।

घटना विवरण अनुसार आइतबार साँझ करिब सवा ८ बजे राम प्रसाद राई र माहाशेर राईबीच छरछिमेक सम्बन्धी विषयमा विवाद भएको थियो। विवादका क्रममा आवेगमा आएका राम प्रसादले माहाशेरमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट माहाशेरको छातीको दायाँपट्टिको माथिल्लो भागमा गहिरो चोट लागेको थियो।

घाइते माहाशेरलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो। तर अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भइसकेको थियो।

हत्यामा संलग्न राम प्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टार बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बू को कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.