भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छिमेकीबीचको विवाद उग्र बन्दा उदयपुरमा धारिलो हतियार प्रहार, एक जनाको मृत्यु

छिमेकीबीचको विवाद उग्र बन्दा उदयपुरमा धारिलो हतियार प्रहार, एक जनाको मृत्यु

उदयपुर, ७ बैशाख । चौदण्डीगढी नगरपालिका मा छिमेकीबीचको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ।आइतबार साँझ वडा नं. ७ सीता पाइला टोलमा ७३ वर्षीय राम प्रसाद राई ले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय माहाशेर राई को मृत्यु भएको हो।

घटना विवरण अनुसार आइतबार साँझ करिब सवा ८ बजे राम प्रसाद राई र माहाशेर राईबीच छरछिमेक सम्बन्धी विषयमा विवाद भएको थियो। विवादका क्रममा आवेगमा आएका राम प्रसादले माहाशेरमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट माहाशेरको छातीको दायाँपट्टिको माथिल्लो भागमा गहिरो चोट लागेको थियो।

घाइते माहाशेरलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो। तर अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भइसकेको थियो।

हत्यामा संलग्न राम प्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टार बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बू को कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.