भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दक्षिणी लेबनानमा इजरायलको ठूलो सैन्य कारबाही, हजारौँलाई क्षेत्र खाली गर्न निर्देशन

दक्षिणी लेबनानमा इजरायलको ठूलो सैन्य कारबाही, हजारौँलाई क्षेत्र खाली गर्न निर्देशन

काठमाडाैं, १४ जेठ । इजरायलले दक्षिणी लेबनानमा ठूलो सैन्य कारबाही सुरु गर्ने संकेतसँगै त्यहाँका बासिन्दालाई तत्काल क्षेत्र खाली गर्न निर्देशन दिएको छ । इजरायली सेनाले उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै नयाँ आक्रमणको चेतावनी दिएको हो ।

इजरायल रक्षा बल (आईडीएफ) ले दक्षिणी लेबनानका नागरिकलाई जहरानी नदीको उत्तरतर्फ सर्न आग्रह गरेको छ । उक्त नदी इजरायली सीमाबाट करिब ४० किलोमिटर दूरीमा पर्छ । आईडीएफले हेजबुल्लाहविरुद्ध ‘कडा सैन्य कदम’ चालिने चेतावनी दिएको छ । इजरायलले हेजबुल्लाहले पटक पटक युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।

अप्रिल १७ मा लागू गरिएको युद्धविरामपछि यो सबैभन्दा ठूलो सैन्य आदेश मानिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस कदमले लेबनानको करिब १४ प्रतिशत भूभाग प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । यसअघि बुधबार इजरायलले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो । त्यसपछि दुवै पक्षबीच तनाव झन् बढेको देखिएको छ ।

यता हेजबुल्लाहले पनि इजरायलमाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ । समूहले आफ्ना लडाकु र इजरायली सेनाबीच झडप भएको दाबी समेत गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हेजबुल्लाहले दक्षिणी लेबनानमा रहेका सैनिक र उत्तरी इजरायलका नागरिकलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको आरोप लगाए ।

उनले त्यसपछि इजरायलले आफ्नो सैन्य अभियान अझ व्यापक बनाउने संकेत दिएका छन् । पछिल्ला घटनाक्रमले मध्यपूर्वमा फेरि ठूलो तनाव सिर्जना हुने चिन्ता बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.