भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नगरकोट भ्रमण वर्ष २०८२ सफल पार्न  पूर्वमन्त्री देखि सांसदसम्मको डेलिगेशन

नगरकोट भ्रमण वर्ष २०८२ सफल पार्न  पूर्वमन्त्री देखि सांसदसम्मको डेलिगेशन

हेटौडा । देशकै प्रमुख पर्यटकिय क्षेत्र नगरकोटलाई वागमती प्रदेशको सरकारको नीति तथा कार्यकममा समावेश गर्न संयुक्त डेलिगेशन टोलिले माग गरेको छ ।

नगरकोट भ्रमण वर्ष २०८२ का लागि संयुक्त डेलिगेशन टोलिले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरि बजेटको माग गरेको हो ।

हिले जलजले ताल निर्माणका लागि रू १० करोड र नगरकोट पर्यटन विकास समितिको बहुआयामिक भवन निर्माणका लागि रू २ करोड विनियोजन गर्न संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशलाई हेटौंडा पुगेको डेलिगेशन टोलीले आग्रह गरेका चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताउनुभयो ।

टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइवा, बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापितका साथै उपप्रमुखहरू र वडा अध्यक्षहरू धन बाहदुर लामा तथा पर्यटन बिकास समितिका पदाधिकारीहरुले हस्ताक्षर गरेकाछन् ।

भ्रमण वर्ष सफल बनाउन भक्तपुर, काभ्रे, काठमाडौंका विभिन्न नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, पूर्व मन्त्री कञ्चनचन्द्र बादे, राजु विष्टका साथै प्रदेश सभासदस्यद्वय किरण थापा र सुरेश श्रेष्ठकोसमेत सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.