हेटौडा । देशकै प्रमुख पर्यटकिय क्षेत्र नगरकोटलाई वागमती प्रदेशको सरकारको नीति तथा कार्यकममा समावेश गर्न संयुक्त डेलिगेशन टोलिले माग गरेको छ ।
नगरकोट भ्रमण वर्ष २०८२ का लागि संयुक्त डेलिगेशन टोलिले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरि बजेटको माग गरेको हो ।
हिले जलजले ताल निर्माणका लागि रू १० करोड र नगरकोट पर्यटन विकास समितिको बहुआयामिक भवन निर्माणका लागि रू २ करोड विनियोजन गर्न संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशलाई हेटौंडा पुगेको डेलिगेशन टोलीले आग्रह गरेका चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताउनुभयो ।
टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइवा, बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापितका साथै उपप्रमुखहरू र वडा अध्यक्षहरू धन बाहदुर लामा तथा पर्यटन बिकास समितिका पदाधिकारीहरुले हस्ताक्षर गरेकाछन् ।
भ्रमण वर्ष सफल बनाउन भक्तपुर, काभ्रे, काठमाडौंका विभिन्न नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, पूर्व मन्त्री कञ्चनचन्द्र बादे, राजु विष्टका साथै प्रदेश सभासदस्यद्वय किरण थापा र सुरेश श्रेष्ठकोसमेत सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ। महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति...
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पेशी शुक्रबारका लागि तोकिएको छ ।घिसिङले वारेसमार्फत बुधबार बुझाएको रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । घिसिङले प्रधानमन्त्री...
काठमाण्डौ । किसानका समस्या समाधन गर्न किसान आयोगसंग किसानले माग गरेका छन् । किसानको समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने बताएका हुन । किसानका उत्पादनको उचित...