भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

गाजा द्वन्द्व अन्त्य गर्न इजरायलले हमाससँग गरेको प्रस्ताव सार्वजनिक

गाजा द्वन्द्व अन्त्य गर्न इजरायलले हमाससँग गरेको प्रस्ताव सार्वजनिक

काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा द्वन्द्व अन्त्य गर्न इजरायलले हमाससँग गरेको प्रस्ताव सार्वजनिक गरेका छन् । बाइडेनले हमासलाई प्रस्ताव स्वीकार गर्न आग्रह गर्दै अब युद्ध अन्त्य गर्नुपर्ने समय भएको बताएका बीबीसीले जनाएको छ ।

तीन चरणको प्रस्तावअन्तर्गत ६ हप्ता लामो युद्धविराम हुनेछ । ६ हप्ताको समयमा मानवीय सहायता पुर्‍याउने क्रमलाई तीव्र बनाइनेछ भने प्यालिस्टिनी बन्दीको सट्टा केही बन्धक रिहा गरिनेछन् । यो सम्झौताले स्थायी रूपमा युद्धलाई अन्त्य गर्नेछ र गाजाको पुनर्निर्माणको एउटा प्रमुख योजना तय गरिनेछ । पुनर्निर्माणमा अमेरिका र अरू अन्तर्राष्ट्रिय निकायले घर, विद्यालय र भवन निर्माण गर्न सहयोग गर्ने विषय पर्छन् ।

हमासले प्रस्तावलाई आफूले सकारात्मक ढङ्गले हेरेको बताएको बीबीसीले जनाएको छ । यस्तै बेलायतका विदेशमन्त्री डेविड क्यामरनले पनि इजरायलको प्रस्ताव स्वीकार गर्न हमासलाई अनुरोध गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि इजरालयको प्रस्तावलाई स्वागत गर्दै यसले मध्यपूर्वमा शान्ति ल्याउन सक्ने बताए। कतारमा रहेका मध्यस्थकर्तामार्फत हमासलाई प्रस्ताव पठाएको अमेरिकी राष्ट्रपति बाइडेनले बताए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.