भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

इजरायली मन्त्रिपरिषद्‍द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने

इजरायली मन्त्रिपरिषद्‍द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने

तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ। यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालय र हमासले केही घण्टाअघि नै सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको बताएका थिए। बुधबार अमेरिका र कतारले पहिलो पटक सम्झौता भएको घोषणा गरेका थिए ।

यसपछि इजरायली मन्त्रिपरिषद्ले बिहीबार नै सहमतिलाई अनुमोदन गर्ने बताइएको थियो तर बेन्जामिन नेतान्याहुले हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाउँदै क्याबिनेटको मतदान स्थगित गरेका थिए । शुक्रबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले दोहामा रहेको इजरायली वार्ता टोलीले सम्झौतालाई अन्तिम रूप दिएको घोषणा गरेको थियो। हमासले पनि एक विज्ञप्ति जारी गर्दै सम्झौताका सर्तहरूका सम्बन्धमा उठेको ‘अवरोध’ बिहान समाधान भएको बताएको थियो।

सहमतिका तीन चरण
सम्झौताको जानकारी दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो चरण ६ हप्तासम्म चल्ने र ‘पूर्ण युद्धविराम’ हुने बताएका छन् । बाइडेनका अनुसार दोस्रो चरणको उद्देश्य ‘युद्धको स्थायी अन्त्य’ हुनेछ। तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माणका लागि छलफल हुनेछ । हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। यी हमलाहरूमा १,२०० मानिस मारिएका थिए भने हमासले २५१ जनालाई बन्धक बनाएको थियो। यसपछि इजरायलले जवाफी कारबाही गरेको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
इजरायलले २५१ बन्धकमध्ये ९४ जना अझै हमाससँग रहेको र तीमध्ये ३४ जनाको मृत्यु भएको बताएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.