काठमाडौं । मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादी पनि तयार भएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालले मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताए। जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको वर्तमान सरकारबाट बाहिरिँदै नेकपा (एमाले) सहितका दलसँग नयाँ सरकार बनाउने निर्णय भएको एक नेताले बताए। मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेका छन्।
त्यसअगावै एकीकृत समाजवादी पार्टीले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीको सचिवालय बैठकले एमाले सहितको गठबन्धनको सरकारमा सहभागी हुन निर्णय गरिसकेको हो । आजै संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ गठबन्धनको सरकारमा सहभागी हुने औपचारिक निर्णय गर्न लागेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका संसदीय दलका नेता गोविन्द न्यौपाने, श्रम तथा यातायात मन्त्री बेची लुंगेली, प्रमुख सचेतक कनिस पटेल लगायतका नेताहरू औपचारिक निर्णय गर्न अहिले काठमाडौंबाट जनकपुर आउन लागेका छन्। सरोज यादव नेतृत्वको सरकारबाट बाहिरिने तयारीसँगै भोलि विश्वासको मत लिनुअगाडि नै मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना रहेको जसपा, नेपालका एक नेताले बताए।
मुख्यमन्त्री यादवले एकीकृत समाजवादीको निर्णय कुरेर बसेको बताए। मधेस प्रदेशसमा जसपा सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम दिएका छन् । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी संयुक्त जनआन्दोलन समितिले उक्त अल्टिमेटम दिएको हो । राजसंस्था पुनःस्थापनाका...
गोरखा । पथप्रदर्शकको मृत्यु भएको छ। उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका उनको मृत्यु भएको हो । विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा सार्की...
काठमाण्डौ । चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग सहमति भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएपछि सहमति भएको हो...
भक्तपुर । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव...