भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

मुलुकमा उद्यमशीलताको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

मुलुकमा उद्यमशीलताको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उद्यमशीलताको विकास गरेर मात्र समाजवादी व्यवस्थालाई समुन्नत बनाउन सकिने बताउनुभएको छ । फाउण्डेशन फर क्रिटिकल डिस्कोर्ष नेपालले आज यहाँ आयोजना गरेको ‘समकालीन पूँजीवाद र नेपालमा समाजवादी आन्दोलन’ विषयक छलफलमा नेता खनालले विश्वव्यापीकरणको प्रभाव समाजवादी अर्थतन्त्रमा पर्ने हुँदा उत्पादन वृद्धि गरी जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सरकारले कृषि क्षेत्रमा लगानी वृद्धि गरी आम्दानी बढाउन सकेमा समाजवाद सफल हुने विश्वास व्यक्त गर्दै पूँजी, प्रविधि, व्यवस्थापकीय सीप भित्र्याउनुपर्ने सुझाव दिनुभयो । माक्र्सको पूँजीवादी पालादेखि हालको वैज्ञानिक समाजवादको सुरुआत चरणको व्यवस्थाबारेमा सम्मानित नेता खनालले धारणा राख्नुभएको थियो । उहाँले क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति सम्भव नहुनेमा जोड दिनुभयो । उहाँले दलाल पूँजीवादको शोषणमा पर्ने दिन समाप्त भएको बताउँदै अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने धारणा राख्नुभयो । दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण र देश विकासको पक्षमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अशेष घिमिरे, नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला, डा खगेन्द्र प्रसाईँलगायतले राष्ट्रिय पूँजीको माध्यमबाट उत्पादन बढाउन त्यसका स्रोत र साधनलाई समाजको नियन्त्रणमा राख्नुपर्नेमा जोड दिँदै जनतासम्म प्रतिफल पु¥याउन न्यायोचित वितरण प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.