भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

सैनिकको शव खोज्न गएका टर्कीका १२ सैनिकको मिथेन ग्यासको सम्पर्कमा आएर मृत्यु

सैनिकको शव खोज्न गएका टर्कीका १२ सैनिकको मिथेन ग्यासको सम्पर्कमा आएर मृत्यु

अंकारा,  २४ असार । टर्कीको रक्षा मन्त्रालयले उत्तरी इराकस्थित एउटा गुफामा खोजी अभियानमा रहेका आफ्ना १२ सैनिकको मिथेन ग्यासको सम्पर्कमा आएर मृत्यु भएको पुष्टि गरेको छ। उनीहरू मे २०२२ मा मारिएका सैनिकको शव खोज्दै गएका थिए।

आइतबारको खोजी तथा सफाइ अभियानमा कम्तीमा १९ जना सैनिकले ग्यासको सम्पर्कमा आएपछि तत्काल अस्पताल पुर्याइएको थियो, तर सोमबारसम्म १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मिथेन ग्यास विषालु नभए पनि साँघुरो र बन्द ठाउँहरूमा घातक हुने हुन सक्छ। गुफामा ग्यास कसरी जम्मा भयो भन्ने विषयमा अझै अनुसन्धान भइरहेको छ। सोमबार दक्षिणी टर्कीको हाक्कारी प्रान्तको विमानस्थलमा मृत सैनिकहरूको लागि श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो, जसमा टर्कीका उच्च अधिकारीहरू उपस्थित थिए।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक सैनिकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। यी सैनिकहरू ‘अपरेसन क्लाउ लक’ अभियानको क्रममा गोली लागेर मारिएका एक सैनिकको शव खोज्न गुफामा पुगेका थिए।

टर्कीले इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) विरुद्ध ४० वर्षदेखि चलाइरहेको सैन्य अभियान अन्तर्गत यो खोजी अभियान थियो। पीकेकेको लामो द्वन्द्व र हालैको युद्धविराम तथा विघटन घोषणा बारे पनि उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.