भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कमला नदीमा अच्चमको भूतमेला

कमला नदीमा अच्चमको भूतमेला

रौतहट । कार्तिक पूर्णिमाको अवसरमा शुक्रबार बागमती नदीमा स्नान गर्नेहरुको घुइँचो छ । रौतहटका समनपुर , गरूडा , चद्रनपगाहपुर नगर क्षेत्र अन्तर्गत लालबकैया नदीको विभिन्न घाट र गढीमाई, राजदेवी नगरक्षेत्र अन्तर्गत घाटमा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो ।

सूर्योदय नहुँदै लालबकैया, बागमती, लगायत विभिन्न नदीमा भक्तजनहरु पुगेका हुन् । बिहिवार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी , रौतहट अधिकांश जस्तो ठाउँबाट लगायतका घाट पुगेका छन् ।धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा रहेकाले यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ ।

आजका दिन देखि नयाँ–नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिनमा छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.