भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

मलेसियाको जनसंख्या बढ्यो

मलेसियाको जनसंख्या बढ्यो

एजेन्सी । यस वर्षको तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले बढेर मलेसियाको कुल जनसंख्या ३४.१ मिलियन पुगेको छ।

मलेसियाको आधिकारिक तथ्यांक विभागले सोही अवधिमा जन्मदरमा कमी आए पनि जनसंख्या वृद्धि दरमा केही कमी आउन थालेको जनाएको छ। कुल जनसङ्ख्यामा ९० प्रतिशत नागरिक र १० प्रतिशत गैर नागरिक थिए। गत वर्ष १७.६ मिलियनमा पुरुषको संख्या बढेर यस वर्ष १७.९ मिलियन पुगेको हो ।

मलेसियामा महिला १६ करोडबाट बढेर १६.२ मिलियन पुगेको छ। तेस्रो त्रैमासिकमा मलेसियनहरूको जनसंख्या ५८.१ प्रतिशत रहेको छ भने चिनियाँ र भारतीय जनसंख्या एक वर्ष अघिको २२.५ प्रतिशत र ६.६ प्रतिशतको तुलनामा क्रमश: २२.४ प्रतिशत र ६.५ प्रतिशतमा झरेको छ।
त्यस्तै तेस्रो त्रैमासिकमा कुल ४८ हजार ३१७ जनाको मृत्यु भएको छ। जुन गत वर्षको तुलनामा १.९ प्रतिशतले बढेको हो ।

 


Thali Mobile Pvt.Ltd.