भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

१९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो

१९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो

मुख्य बुँदा 

कोरियाली युद्धका १२ चिनियाँ सैनिकका अवशेष स्वदेश फिर्ता

अवशेष दक्षिण कोरियाको इन्चोनबाट चीन पठाइयो

 १९५०–५३ को कोरियाली युद्धका शहीद सैनिक

 व्यक्तिगत सामग्री पनि साथमा लगिएको

चीनले सम्मान र स्मरणका रूपमा लिएको

एजेन्सी । कोरियाली युद्धमा मारिएका १२ चिनियाँ शहीद सैनिकहरूको अवशेष दक्षिण कोरियाबाट चीन फिर्ता गरिएको छ। बुधवार दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवशेष बोकेको विमान चीनतर्फ प्रस्थान गरेको हो।

उक्त अवशेषहरू सन् १९५०–१९५३ को कोरियाली युद्धका क्रममा ज्यान गुमाएका चिनियाँ जनस्वयंसेवक सेनाका सैनिकहरूको भएको बताइएको छ। ती सैनिकहरू अमेरिकी नेतृत्वको सेनाविरुद्ध उत्तर कोरियालाई सहयोग गर्ने क्रममा युद्धमा सहभागी भएका थिए।

विमानले १२ जना शहीद सैनिकका अवशेषसँगै उनीहरूका व्यक्तिगत सामग्री पनि चीन लगिएको जनाइएको छ। यो कदमलाई चीनले आफ्ना शहीद सैनिकप्रति सम्मान र ऐतिहासिक सम्झनाको रूपमा लिएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.