भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

नेपालीलाई फिर्ता पठाउन रुसी उपविदेशमन्त्रीसंर्ग परराष्ट्रमन्त्री साउदको आग्रह

नेपालीलाई फिर्ता पठाउन रुसी उपविदेशमन्त्रीसंर्ग परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौं । रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले आग्रह गरेका छन् । रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन परराष्ट्रमन्त्री साउदले अनुरोध गरेका हुन ।

रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग युगाण्डाको राजधानी कम्पालामा भइरहेको नामको शिखर सम्मेलनका क्रममा भेटघाट गरी परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन आग्रह गरेका हुन ।

युक्रेनसँग भएको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि मन्त्री साउँदले आग्रह गरेका छन् । जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको पनि बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.