भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालीलाई फिर्ता पठाउन रुसी उपविदेशमन्त्रीसंर्ग परराष्ट्रमन्त्री साउदको आग्रह

नेपालीलाई फिर्ता पठाउन रुसी उपविदेशमन्त्रीसंर्ग परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौं । रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले आग्रह गरेका छन् । रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन परराष्ट्रमन्त्री साउदले अनुरोध गरेका हुन ।

रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग युगाण्डाको राजधानी कम्पालामा भइरहेको नामको शिखर सम्मेलनका क्रममा भेटघाट गरी परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन आग्रह गरेका हुन ।

युक्रेनसँग भएको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि मन्त्री साउँदले आग्रह गरेका छन् । जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको पनि बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.