भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

इरानको दाबी : आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा

इरानको दाबी : आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा

एजेन्सी । इरानले आफ्ना तीन जना लडाकु विमानका पाइलट कतारको हिरासतमा रहेको दाबी गरेको छ । इरानी सशस्त्र बलको जनरल स्टाफअन्तर्गत बेपत्ता व्यक्तिहरूको खोजीसम्बन्धी समितिले यस्तो दाबी गर्दै पाइलटहरूको अवस्थाबारे स्पष्ट पार्न अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)लाई आग्रह गरेको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार ब्रिगेडियर जनरल मोहम्मद बाकर्जादेहले आईसीआरसीकी अध्यक्ष मिरियाना स्पोल्यारिकलाई पठाएको पत्रमा दुईवटा सुखोई–२४ लडाकु विमानलाई २ मार्च २०२६ मा कतारमा रहेको एक शत्रु सैन्य अड्डालाई लक्षित गर्ने अभियानमा पठाइएको उल्लेख गरेका छन् ।

उनका अनुसार अभियान पूरा गरेर फर्कने क्रममा ती विमानहरूले शत्रुको सामना गर्नुपरेको थियो । त्यस क्रममा चार जना इरानी पाइलट प्रभावित भएको इरानी पक्षको दाबी छ ।

ती चार पाइलटमध्ये माजिद काजेमीको शव पछि इरान लगिएको बताइएको छ । बाँकी तीन पाइलट जवाद सालेही, अब्दुलमजीद दश्तियान र इमरान बहरूशियानलाई कतारको सेनाले जीवितै पक्राउ गरेको ब्रिगेडियर जनरल बाकर्जादेहले दाबी गरेका छन् ।

तर, कतारले इरानको उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले इरानी अधिकारीहरूबाट आएको यस्तो दाबी आफूहरूका लागि आश्चर्यजनक भएको बताएका छन् ।

कतारको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा कतारी सेनाको नियन्त्रणमा कुनै पनि जीवित इरानी पाइलट नरहेको स्पष्ट पारेको छ । अल–अन्सारीले इरानी पक्षबाट आएको दाबीलाई ‘भ्रामक’ समेत भनेका छन् ।

कतारी पक्षका अनुसार एक इरानी पाइलटको शव फेला परेको थियो । उक्त शव इरानलाई हस्तान्तरण गर्न कतार सरकारले तेहरानसँग सम्पर्कसमेत गरेको बताइएको छ ।

यसरी इरानले तीन जना पाइलट कतारको हिरासतमा रहेको दाबी गरिरहँदा कतारले भने आफ्नो नियन्त्रणमा कुनै जीवित इरानी पाइलट नरहेको स्पष्ट पारेको छ ।

 


Thali Mobile Pvt.Ltd.