भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा, विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये तेस्रो स्थानमा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा, विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये तेस्रो स्थानमा

काठमाडौं, २६ फागुन । काठमाडौं उपत्यकामा वायुको गुणस्तर निकै खराब अवस्थामा पुगेको छ । मंगलबार बिहान काठमाडौंमा वायु प्रदूषण निकै अस्वस्थ तहमा पुगेको देखिएको छ ।

रियल टाइममा वायुको गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डस्थित आईक्यू एयरका अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ पुगेको छ । सामान्यतया १५० भन्दा माथि पुगेको एक्यूआईलाई अस्वस्थ मानिन्छ भने २०० भन्दा माथि पुगेको अवस्थामा निकै अस्वस्थ तहमा पुगेको मानिन्छ ।

नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांक अनुसार ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । त्यस्तै १५१ देखि २०० अस्वस्थ र २०१ देखि ३०० पुगेमा निकै अस्वस्थ स्तर मानिने व्यवस्था छ । यस्तै ३०१ भन्दा माथि पुगेमा वायु प्रदूषण खतरनाक तहमा पुगेको संकेत गर्दछ । यस्तो अवस्थामा सर्वसाधारणलाई स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढ्ने विज्ञहरूले बताएका छन् ।

आजको तथ्यांकअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा तेस्रो स्थानमा रहेको छ । सूचीमा भारतको दिल्ली पहिलो स्थानमा र बंगलादेशको ढाका दोस्रो स्थानमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.