भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा, विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये तेस्रो स्थानमा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा, विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये तेस्रो स्थानमा

काठमाडौं, २६ फागुन । काठमाडौं उपत्यकामा वायुको गुणस्तर निकै खराब अवस्थामा पुगेको छ । मंगलबार बिहान काठमाडौंमा वायु प्रदूषण निकै अस्वस्थ तहमा पुगेको देखिएको छ ।

रियल टाइममा वायुको गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डस्थित आईक्यू एयरका अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ पुगेको छ । सामान्यतया १५० भन्दा माथि पुगेको एक्यूआईलाई अस्वस्थ मानिन्छ भने २०० भन्दा माथि पुगेको अवस्थामा निकै अस्वस्थ तहमा पुगेको मानिन्छ ।

नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांक अनुसार ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । त्यस्तै १५१ देखि २०० अस्वस्थ र २०१ देखि ३०० पुगेमा निकै अस्वस्थ स्तर मानिने व्यवस्था छ । यस्तै ३०१ भन्दा माथि पुगेमा वायु प्रदूषण खतरनाक तहमा पुगेको संकेत गर्दछ । यस्तो अवस्थामा सर्वसाधारणलाई स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढ्ने विज्ञहरूले बताएका छन् ।

आजको तथ्यांकअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा तेस्रो स्थानमा रहेको छ । सूचीमा भारतको दिल्ली पहिलो स्थानमा र बंगलादेशको ढाका दोस्रो स्थानमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.