भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बैतडीमा समानुपातिकतर्फ रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत प्राप्त

बैतडीमा समानुपातिकतर्फ रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत प्राप्त

बैतडी, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडी जिल्लामा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाले समानुपातिकतर्फ २३ हजार ७३६ मत प्राप्त गरेको छ । रास्वपाले प्रत्यक्षतर्फभन्दा पनि समानुपातिकतर्फ बढी मत ल्याएको देखिएको छ । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले २२ हजार १३४ मत ल्याएर विजयी भएका थिए । यसैगरी नेकपा एमाले समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको छ । एमालेले १६ हजार ४९ मत प्राप्त गरेको छ । तर प्रत्यक्षतर्फ भने एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ । कांग्रेसले १५ हजार ९०७ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले भने १८ हजार १९४ मत ल्याएका थिए । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फ ६ हजार ३३५ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ हजार ४७१ मत प्राप्त गरेको छ । राप्रपाले प्रत्यक्षभन्दा समानुपातिकतर्फ बढी मत ल्याएको देखिएको छ । प्रत्यक्षतर्फ राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका थिए । बैतडीमा समानुपातिकतर्फ कुल ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६८ हजार १८२ मत सदर भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.