भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

बैतडीमा समानुपातिकतर्फ रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत प्राप्त

बैतडीमा समानुपातिकतर्फ रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत प्राप्त

बैतडी, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडी जिल्लामा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाले समानुपातिकतर्फ २३ हजार ७३६ मत प्राप्त गरेको छ । रास्वपाले प्रत्यक्षतर्फभन्दा पनि समानुपातिकतर्फ बढी मत ल्याएको देखिएको छ । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले २२ हजार १३४ मत ल्याएर विजयी भएका थिए । यसैगरी नेकपा एमाले समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको छ । एमालेले १६ हजार ४९ मत प्राप्त गरेको छ । तर प्रत्यक्षतर्फ भने एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ । कांग्रेसले १५ हजार ९०७ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले भने १८ हजार १९४ मत ल्याएका थिए । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फ ६ हजार ३३५ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ हजार ४७१ मत प्राप्त गरेको छ । राप्रपाले प्रत्यक्षभन्दा समानुपातिकतर्फ बढी मत ल्याएको देखिएको छ । प्रत्यक्षतर्फ राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका थिए । बैतडीमा समानुपातिकतर्फ कुल ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६८ हजार १८२ मत सदर भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.