भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौं महानगरले एसइई नतिजा सुधार्न ‘विशेष कक्षा’ सुरु गर्‍यो

काठमाडौं महानगरले एसइई नतिजा सुधार्न ‘विशेष कक्षा’ सुरु गर्‍यो

काठमाडौं, १३ फागुन । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार गर्ने उद्देश्यले ‘विशेष कक्षा’ सञ्चालन सुरु गरेको छ । गत वर्ष एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका विद्यालयलाई लक्षित गर्दै कार्यक्रम अघि बढाइएको हो ।

पहिलो चरणमा गीतामाता माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुह्ेश्वरी बालशिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको शिक्षा विभाग प्रमुख नमराज ढकालले जानकारी दिए । यी विद्यालयका ५२३ विद्यार्थी विशेष कक्षामा सहभागी हुनेछन् ।

विषय विज्ञ, स्रोत शिक्षक तथा सेवानिवृत्त शिक्षकमार्फत कक्षा सञ्चालन गरिने जनाइएको छ । बाँकी पाँच विद्यालय—प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा चैत ३ गतेपछि कक्षा सुरु गरिनेछ । त्यहाँ १०४ विद्यार्थी सहभागी हुनेछन् ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यार्थीमा परीक्षाको डर हटाउँदै आत्मविश्वासका साथ परीक्षा दिन प्रेरित गर्न शिक्षकलाई आग्रह गरिन् । उत्तर लेख्ने सीप विकास र नतिजा सुधार कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताइन् ।

यस वर्ष महानगरका सामुदायिक विद्यालयबाट करिब ४ हजार ५५७ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । गत वर्ष ७८९ विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए, जसमा १७ जनाले ४ जिपिए ल्याएका थिए ।

 


Thali Mobile Pvt.Ltd.