भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

निर्वाचन प्रचारमा भित्तेलेखन गरे २५ हजारसम्म जरिवाना

निर्वाचन प्रचारमा भित्तेलेखन गरे २५ हजारसम्म जरिवाना

काठमाडौं, १३ फागुन । निर्वाचन प्रचारप्रसारका क्रममा भित्तेलेखन, पोस्टर, ब्यानर वा डिजिटल डिस्प्ले प्रयोग गरे २५ हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । निर्वाचन आयोग ले यस्तो कार्य आचारसंहिता विपरीत हुने जनाएको हो ।

आयोगका अनुसार निर्वाचन प्रचारका लागि तोकिएको आकार र रङको सामान्य पर्चा वितरण गर्न पाइने भए पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक तथा पर्खालमा कुनै सामग्री टाँस्न पाइँदैन । 

यस्तै, सभा वा भेलामा सूचना प्रवाहका लागि बाहेक अन्यत्र साउन्ड सिस्टम प्रयोग गर्न नपाइने व्यवस्था छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा सभा, जुलुस, नाराबाजी वा अन्य प्रचारप्रसार गर्न रोक लगाइएको छ ।

निर्वाचन आचारसंहिता २०८२ अनुसार आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले उल्लंघन गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.