भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

निर्वाचनको मुखमा एलपी ग्यास आयात बढाइयो, अभाव नहुने नेपाल आयल निगमको दाबी

निर्वाचनको मुखमा एलपी ग्यास आयात बढाइयो, अभाव नहुने नेपाल आयल निगमको दाबी

काठमाडौं, १३ फागुन । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ । निर्वाचन अवधिमा बजारमा ग्यास अभाव हुन नदिन विशेष व्यवस्था मिलाइएको निगमको दाबी छ ।

निगमले भारतीय आपूर्तिकर्ता Indian Oil Corporation (आईओसी) बाट उच्च दरमा ग्यास लोडिङ गरिरहेको जनाएको छ ।

निगमका अनुसार मंगलबार यो वर्षकै सबैभन्दा बढी परिमाणमा ग्यास आयात गरिएको छ । एकै दिन १३८ बुलेट ग्यास लोड भएको र उक्त परिमाण करिब एक लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुने जनाएको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचन अवधिभर ग्यास आपूर्ति नियमित रहने बताउँदै उपभोक्तालाई ढुक्क रहन आग्रह गरेका छन् । बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन भण्डारण तथा वितरण प्रणालीलाई चुस्त बनाइएको निगमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.