भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

मुख्य  बुँदा

काठमाडौँ महानगरले अब सरकारी पत्राचार हुलाकमार्फत गर्ने ।

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग महानगरको एकवर्षे सम्झौता ।

महानगर क्षेत्रभित्र जरुरी पत्रका लागि ‘सेम डे’ सेवा उपलब्ध हुने ।

दुई किलोसम्मका वस्तुका लागि रजिस्ट्री, एक्सप्रेस मेल र पार्सल सेवा प्रयोग गर्न सकिने ।

पत्र तथा पार्सल सुरक्षित रूपमा पुर्‍याउने र वितरणको भर्पाइ महानगरलाई उपलब्ध गराइने ।

काठमाडौँ, १७ असोज । काठमाडौँ महानगरपालिकाले अब हुलाकबाट चिठी पठाउनका लागि गोश्वारा हुलाकसँग सम्झौता गरेको छ । कामपाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत हुलाक वस्तु पठाउन सकिने व्यवस्था गरेको हो ।

कामपा प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार कामपाबाट हुने पत्राचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्‍याउन हुलाक सेवाको प्रयोग गरिनेछ । कामपाका विभाग, महाशाखा, सचिवालय, एकाइ र आयोजनाबाट चलानी हुने पत्रलाई केन्द्रीय सम्पर्क एकाइमा सङ्कलन गरिने जनाउँदै उनले यसरी प्राप्त भएका पत्रलाई सम्बन्धित निकाय, जिम्मेवार पदाधिकारी वा कर्मचारीको ठेगाना र सम्पर्क विवरणसहित हुलाक कार्यालयलाई उपलब्ध गराइने बताए ।

“हुलाक कार्यालयले महानगरबाट प्राप्त हुलाक वस्तु प्रणालीमा प्रविष्ट गरी वर्गीकरण गर्ने, पठाउने वा डेलिभरी एजेन्टमार्फत सम्बन्धित प्राप्तकर्तालाई बुझाउनेछ । वितरणपछि प्राप्त हुने भर्पाइ महानगरपालिकालाई उपलब्ध गराउने र सेवाबापतको मासिक बिलसमेत पेस गर्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ”, विभागका प्रमुख काफ्लेले भने ।

सम्झौताअनुसार कामपा क्षेत्रभित्र अत्यन्त जरुरी पत्र तथा हुलाक वस्तुका लागि ‘सेम डे’ ९उही दिन० सेवा उपलब्ध हुनेछ। यस्तो सेवामा बढीमा दुई किलोसम्मका हुलाक वस्तु समावेश हुनेछन् । त्यसैगरी दुई किलोसम्मका पत्र वा अन्य सामानका लागि रजिस्ट्री सेवा तथा आवश्यकताअनुसार एक्सप्रेस मेल सर्भिस ९द्रुत डाँक सेवा०, पार्सललगायत अन्य सेवा प्रयोग गरिने काफ्लेले जानकारी दिए ।

रजिस्ट्री तथा पार्सलतर्फका वस्तु अर्को दिन वितरण गर्ने व्यवस्था गरिएको प्रमुख काफ्लेले जानकारी दिए । कामपाका क्षेत्रबाहेक काठमाडौँ जिल्लाका अन्य स्थानीय तह तथा ललितपुर र भक्तपुरका हकमा रजिस्ट्री सेवाअन्तर्गत अर्को दिन हस्तान्तरण गरी सम्भव भएसम्म सोही दिन वा अर्को दिन वितरण गरिने सम्झौतामा उल्लेख छ । अन्य जिल्लाका लागि प्रचलित हुलाक सेवाको डाँक सञ्चालन तालिकाअनुसार सेवा हुनेछ ।

सम्झौतामा हुलाक वस्तु हराउने, च्यातिने वा टुटफुट हुने जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले सुरक्षित प्याकेजिङ गर्नुपर्ने र हुलाक कार्यालयले प्राप्तिदेखि वितरणसम्म उच्च सावधानी अपनाउनुपर्ने उल्लेख छ । प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु कामपाको सम्पर्क एकाइमा फिर्ता हुनेछ। यो सम्झौता एक वर्षका लागि गरिएको उनले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.