भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य, व्यवस्था नगरे केन्द्र परिवर्तन हुने

त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य, व्यवस्था नगरे केन्द्र परिवर्तन हुने

काठमाडौँ, १७ असाेज । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणालीअन्तर्गत सञ्चालन हुने परीक्षाका लागि सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान अनिवार्य गरेको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०८३ साल भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार अब परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको हो । परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष तथा परीक्षा केन्द्रको प्रवेशद्वारको सम्पूर्ण दृश्य स्पष्ट रूपमा देखिने गरी क्यामरा जडान गर्नुपर्ने कार्यालयले जनाएको छ ।

जडान गरिएका सीसी क्यामरामा कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड सुरक्षित रहने व्यवस्था गर्नुपर्नेछ । साथै, उक्त रेकर्डको अनुगमन गर्न सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई पहुँचसमेत उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।

परीक्षा सञ्चालनका क्रममा हुने गतिविधिको निगरानी तथा परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको हो । परीक्षा नियन्त्रण कार्यालयले आगामी दिनमा वार्षिक परीक्षा सञ्चालन गर्दा सीसी क्यामरा जडान तथा अनुगमनसम्बन्धी व्यवस्था अनिवार्य रूपमा पालना गर्न सबै परीक्षा केन्द्रलाई सूचित गरेको छ ।

तोकिएबमोजिम सीसी क्यामराको व्यवस्थापन नगर्ने वा परीक्षा नियन्त्रण कार्यालयलाई अनुगमनको पहुँच उपलब्ध नगराउने परीक्षा केन्द्र परिवर्तन गर्न सकिने चेतावनीसमेत कार्यालयले दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.