भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन शुरु

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन शुरु

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक गाडीहरूको अवस्था, सुरक्षा मापदण्ड तथा ट्राफिक नियम पालनाको निगरानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष छड्के अनुगमन तथा निरीक्षण अभियान शुरु गरेको छ।

यात्रुको सुरक्षा, सार्वजनिक यातायात सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै हिजोदेखि नियमित रूपमा छड्के निरीक्षण थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी का अनुसार सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सिसी क्यामेरा, ड्यासबोर्ड क्यामेरालगायत सुरक्षा उपकरण जडान भए/नभएको विषयमा विशेष ध्यान दिँदै अनुगमन थालिएको हो।

त्यस्तै सार्वजनिक गाडीहरूको सरसफाइ, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढी यात्रु बोकिएको अवस्था तथा ट्राफिक नियम पालना भए/नभएको विषयमा समेत निगरानी गरिएको प्रहरीले जनाएको छ।

पछिल्लो समय सार्वजनिक यातायातमा यात्रुको गुनासो बढ्दै गएको, सवारीसाधनको लापरबाहीका कारण दुर्घटनाको जोखिम उच्च रहेको तथा सुरक्षा उपकरणको प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै यस्तो अभियान सञ्चालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताउनुभयो।

 


Thali Mobile Pvt.Ltd.