भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौंका सुकेधारा र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईंको पर्चा फेला

काठमाडौंका सुकेधारा र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईंको पर्चा फेला

काठमाडौं, १९ फागुन । काठमाडौंका दुई स्थानमा मंगलबार बिहान दुई वटा गाडीमा आगजनी गरिएको छ । प्रहरीका अनुसार सुकेधारा र नैकाप क्षेत्रमा बिहान करिब ३ बजेतिर छुट्टाछुट्टै गाडीमा आगो लगाइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार सुकेधारामा बा ७ च १४०१ नम्बर र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको छ । आगजनी गरिएका गाडीमध्ये एकमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए । प्रहरीले घटनास्थल आसपासको क्षेत्रको निगरानी बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.