भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौंका सुकेधारा र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईंको पर्चा फेला

काठमाडौंका सुकेधारा र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईंको पर्चा फेला

काठमाडौं, १९ फागुन । काठमाडौंका दुई स्थानमा मंगलबार बिहान दुई वटा गाडीमा आगजनी गरिएको छ । प्रहरीका अनुसार सुकेधारा र नैकाप क्षेत्रमा बिहान करिब ३ बजेतिर छुट्टाछुट्टै गाडीमा आगो लगाइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार सुकेधारामा बा ७ च १४०१ नम्बर र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको छ । आगजनी गरिएका गाडीमध्ये एकमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए । प्रहरीले घटनास्थल आसपासको क्षेत्रको निगरानी बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.