भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण उच्च स्तरमा पुग्याे

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण उच्च स्तरमा पुग्याे

काठमाण्डौ, १० माघ । काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढेको छ। काठमाण्डौस्थित अमेरिकी दूतावासको प्रदूषण मापन केन्द्रको तथ्याङ्कलाई आधार मानेर स्वीस वायु प्रदूषण मापन एप ‘आईक्यु एअर’ ले सार्वजनिक गरेको विवरणअनुसार काठमाण्डौको वायु गुणस्तर सूचक (एक्यूआई) २ सय नाघेको छ।

यस्तै वातावरण विभागको प्रदूषण मापन प्रणालीअनुसार दिउँसो भक्तपुर, रत्नपार्क, खुमलटार, भैँसेपाटीलगायतका स्थानमा रहेका मापन केन्द्रहरूले एक्यूआई १ सय ५० भन्दा माथि देखाएका छन्।

एक्यूआई १ सय ५० भन्दा माथि पुग्नुलाई सबै समूहका मानिसका लागि अस्वस्थ हावा मानिन्छ। सामान्यतया पश्चिम वायु सक्रिय भएपछि प्रदूषण कम हुने गर्छ। तर पश्चिम नेपालमा वर्षा र हिमपात भइरहेका बेला काठमाण्डौ उपत्यकामा भने वायु प्रदूषण बढेको हो।

पश्चिम वायुले बादलभन्दा अघि प्रदूषण ल्याएका कारण वायु प्रदूषण बढेको जलवायु विज्ञ ङमिन्द्र दाहालले बताउनुभयो। उहाँका अनुसार वर्षा भएको क्षेत्रमा प्रदूषण हटेको छ भने बादल मात्र पुगेका ठाउँमा प्रदूषण हावामै अड्किएर बसेको छ।

 


Thali Mobile Pvt.Ltd.