भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

हिमपातले सुदूर पहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध

हिमपातले सुदूर पहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध

काठमाडौँ, माङ  १० । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै अवरुद्ध रहेका हुन्।

रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। उनका अनुसार हिमपातका कारण राजमार्गसँगै विद्युत् सेवा पनि अवरुद्ध भएको छ। उनले भने, “रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प भएको छ। पुनः सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गरेर पहल थालिएको छ।”

यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेललगायतका क्षेत्रमा पनि हिमपात हुँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो। यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि किसानहरू भने खुसी भएका छन्।

विगत चार महिनादेखि पर्याप्त वर्षा नहुँदा हिउँदे बाली सुक्ने अवस्थामा पुगेको थियो। अहिले हिमपात र वर्षा भएपछि बाली सप्रिने आशामा किसान उत्साहित भएका छन्। यद्यपि हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन भने प्रभावित भएको छ।

 


Thali Mobile Pvt.Ltd.