भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

कृत्रिम तरीकाबाट माटोबीना केशर उत्पादन

कृत्रिम तरीकाबाट माटोबीना केशर उत्पादन

दाङ । कृषि विषयमा स्नातक गरेका एक युवाले व्यवसायिक रूपमै केशर खेती सुरु गरेका छन् । बन्द कोठाभित्र कृत्रिम तरिकाले केशरका लागी आवश्यक प्रकाश र तापक्रम तयार गरि माटो बिनै केशर उत्पादन सुरु गरेका ती युवाले तीन महिनाभित्रै उत्पादन लिन थालिसकेका छन् ।

पञ्जाबमा बाली विज्ञानमा स्नातक तह अध्ययन गरेका २७ वर्षीय विवेक अधिकारीले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा सनराइज कृषि फार्म स्थापना गरेर बहुमूल्य जडिबुटी केशरको व्यवसायिक उत्पादनमा सुरु गरेका हुन ।

मोग्रा जातको केशरको बिउ ल्याएर कस्मिरकै वातावरणमा केशर उत्पादन गरेका उनले आफ्नै घरको छतमा १६ को बाहिरी वातावरणले असर नगर्ने कोठा तयार गरिएको छ । त्यही कोठा भित्र विद्यु‍त‍्बाट केशरलाई उपयुक्त हुने कस्मिरकै हावापानी र प्रकाशको तापक्रम व्यवस्थापन गरिएको छ ।

अहिले यी फूलबाट करिब ४ सय ग्राम केशर उत्पादन भैसकेको विवेक अधिकारी बताउछन् । केशर खेती गर्ने व्यवसायी नेपालमा केशरको माग अनुसार उत्पादन अत्यन्त कम हुने गरेको र व्यवसायिक रुपमा खेती गर्दा राम्रो आम्दानी लिन सकिने भएकाले केशर खेती सुरु गरेको उनको भनाइ छ ।

शक्ति वर्धक जडिबुटीको रुपमा रहेको केशरको बजार मूल्य प्रतिकेजी आठदेखि दश लाख रुपैयाँ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.