भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कृत्रिम तरीकाबाट माटोबीना केशर उत्पादन

कृत्रिम तरीकाबाट माटोबीना केशर उत्पादन

दाङ । कृषि विषयमा स्नातक गरेका एक युवाले व्यवसायिक रूपमै केशर खेती सुरु गरेका छन् । बन्द कोठाभित्र कृत्रिम तरिकाले केशरका लागी आवश्यक प्रकाश र तापक्रम तयार गरि माटो बिनै केशर उत्पादन सुरु गरेका ती युवाले तीन महिनाभित्रै उत्पादन लिन थालिसकेका छन् ।

पञ्जाबमा बाली विज्ञानमा स्नातक तह अध्ययन गरेका २७ वर्षीय विवेक अधिकारीले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा सनराइज कृषि फार्म स्थापना गरेर बहुमूल्य जडिबुटी केशरको व्यवसायिक उत्पादनमा सुरु गरेका हुन ।

मोग्रा जातको केशरको बिउ ल्याएर कस्मिरकै वातावरणमा केशर उत्पादन गरेका उनले आफ्नै घरको छतमा १६ को बाहिरी वातावरणले असर नगर्ने कोठा तयार गरिएको छ । त्यही कोठा भित्र विद्यु‍त‍्बाट केशरलाई उपयुक्त हुने कस्मिरकै हावापानी र प्रकाशको तापक्रम व्यवस्थापन गरिएको छ ।

अहिले यी फूलबाट करिब ४ सय ग्राम केशर उत्पादन भैसकेको विवेक अधिकारी बताउछन् । केशर खेती गर्ने व्यवसायी नेपालमा केशरको माग अनुसार उत्पादन अत्यन्त कम हुने गरेको र व्यवसायिक रुपमा खेती गर्दा राम्रो आम्दानी लिन सकिने भएकाले केशर खेती सुरु गरेको उनको भनाइ छ ।

शक्ति वर्धक जडिबुटीको रुपमा रहेको केशरको बजार मूल्य प्रतिकेजी आठदेखि दश लाख रुपैयाँ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.