भक्तपुर । बडा दशैंको अन्तिम दिन विजया दशमीका दिन प्रदर्शन गरिने खाँ पिहाँवैगु जात्राले नव नियुक्त पमाहरुको आगमनसँगै मौलिक स्वरूप पाएको छ । मध्यपुर थिमि नगरपालिकाको नगदेशमा खाँ पिहाँवैगु जात्रा लाग्ने गर्दछ ।
यो जात्राले ३५ वर्ष पछि मौलिक स्वरूप पाएको नगरपालिकाले जनाएको छ । शनिबार हर्षोउल्लासका साथ पृथक ढंगबाट नगदेशबासीले खाँ पिहाँवैगु जात्रा मनाइएका हुन । जात्रा तलेजु भवानीको प्रतीक खाँ अर्थात खड्ग प्रदर्शन गरी मनाइने जात्रा हो ।
यस जात्रामा लयाकूबाट तलेजु भवानीको मूल पूजा कोठामा तलेजुको प्रतिकमा पूजा गरेर राखिएको खड्गलाई विधिवत् रूपमा पूजाआजा गरी चालांको दिन बस्ती भरी परिक्रमा गराउने चलन छ । लयाकूको पिखुलाकु अर्थात लयाकूको आँगनमा स्थापना गरिएका कुमार देवताको प्रांगणमा भैफसी अर्थात कुबिन्डो काटेर सम्पन्न गरिन्छ ।
रातभरी बाजा गाजासहित पृथक नृत्य प्रस्तुत गरी जात्रा मनाइएको हो । जात्राको अवसरमा मल्लकालीन युद्धको झल्को दिने नाच प्रस्तुत गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १४ वैशाख । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यो दिन सन्तानहरूले आफ्नी आमालाई...
काठमाडौं । नेपाली लोकसङ्गीतको आँगनमा एक पटक फेरि मिठास भरिएको छ। चर्चित गीतकार तथा सर्जक भीम कुमार ओझाको प्रस्तुतिमा तयार भएको ‘दुई दिने जिन्दगी’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको...
काठमाडौं । नेपाली लोकसंगीतको फाँटमा फेरि एकपटक गहिरो भाव र सन्देश बोकेको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलमार्फत “जानै लाग्यो बैश रिमै” बोलको...
झापा,चैत २६ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव संकलन गरेको छ ।जिल्ला प्रशासन...