भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोदारी राजमार्गको कोप्लाङमा एक हप्ता गाडी रोकेर सडक मर्मत कार्य सुरू

कोदारी राजमार्गको कोप्लाङमा एक हप्ता गाडी रोकेर सडक मर्मत कार्य सुरू

काठमाण्डौ, २६ वैशाख । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ को कोप्लाङ क्षेत्रमा भएको वर्षाका कारण कोदारी राजमार्ग अवरुद्ध भएको छ। एक हप्ता अघि वर्षाले उक्त क्षेत्रको सडक १० फिटसम्म भासिएकाे थियाे, जसका कारण चीनको खासाबाट तातोपानी आएका मालवाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका छन्।

सडक डिभिजन कार्यालयले माटो र ढुङ्गा राखेर मर्मत कार्य सुरु गरे पनि अहिले पनि गाडी सञ्चालनमा समस्या परेको छ। हालसम्म ३० वटा कन्टेनर र ५०० भन्दा बढी विद्युतीय गाडी लिपिङ क्षेत्रमै अलपत्र परेका छन्, भने १०० भन्दा बढी कन्टेनर खासामै रोकिएका छन्।

यसबीचमा साना गाडीहरू सञ्चालनमा आए पनि जोखिम बढेपछि सडक निर्माण कार्यका लागि आवागमन रोक्ने निर्णय गरिएको छ। सडकको मर्मत कार्य गर्नका लागि आजदेखि आगामी जेठ ३ गतेसम्म कोदारी राजमार्गको तातोपानी क्षेत्र बन्द गरिने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभएको छ।

सडकको जीर्ण अवस्थामा रहेको र सरकारी निकायको लापरवाहीका कारण व्यवसायीहरू मर्कामा परेको गुनासो व्यक्त भएको छ। सडक पुनः निर्माण कार्य पूरा भएपछि मात्रै गाडी सञ्चालन सुचारु हुने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.