भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पाकिस्तानले युद्धविरामको उल्लङ्घन गरेको भारतको आरोप

पाकिस्तानले युद्धविरामको उल्लङ्घन गरेको भारतको आरोप

एजेन्सी, २८ वैशाख । भारतले पाकिस्तानमाथि दुई देशबीच भएको युद्धविराम सहमतिको उल्लङ्घन गरेको गम्भीर आरोप लगाएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीले गएराति नयाँ दिल्लीमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत पाकिस्तानले युद्धविराम सहमति तोडेको प्रतिक्रिया दिनुभएको हो।

सचिव मिश्रीका अनुसार बिहीबार अपराह्न मात्र भारत–पाकिस्तानबीच युद्धविराम गर्ने सहमति भएको थियो। तर सोही रात पाकिस्तानले सीमावर्ती क्षेत्रहरूमा गोलाबारी र ड्रोन आक्रमणको माध्यमबाट उक्त सहमति उल्लङ्घन गरेको आरोप भारतले लगाएको हो।

भारतको आरोप अनुसार पाकिस्तानले जम्मू–कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका विभिन्न सीमाक्षेत्रमा आक्रमण गरेको छ। विदेश सचिव मिश्रीले भारतीय सुरक्षाकर्मीहरूले आवश्यक प्रतिकार गर्दै सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिनुभएको छ।

युद्धविरामको घोषणा भएको केही घण्टापछि नै जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगर क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएको बताएका थिए।हालसम्म पाकिस्तानले भारतको पछिल्लो आरोपबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यद्यपि, भारतले पाकिस्तानले आफ्नो ‘अपरेशन सिन्दूर’ विरुद्ध ‘बुनयान–उल–मरसूस’ नाम दिई जवाफी कारबाही थालेको दाबी समेत गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच तत्काल र पूर्ण युद्धविरामको सहमति भएको बताएका थिए। सोही अनुसार बेलुका ५ बजेपछि दुवै देशले सैन्य कारबाही रोक्ने सहमति गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.