भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

पाकिस्तानले युद्धविरामको उल्लङ्घन गरेको भारतको आरोप

पाकिस्तानले युद्धविरामको उल्लङ्घन गरेको भारतको आरोप

एजेन्सी, २८ वैशाख । भारतले पाकिस्तानमाथि दुई देशबीच भएको युद्धविराम सहमतिको उल्लङ्घन गरेको गम्भीर आरोप लगाएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीले गएराति नयाँ दिल्लीमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत पाकिस्तानले युद्धविराम सहमति तोडेको प्रतिक्रिया दिनुभएको हो।

सचिव मिश्रीका अनुसार बिहीबार अपराह्न मात्र भारत–पाकिस्तानबीच युद्धविराम गर्ने सहमति भएको थियो। तर सोही रात पाकिस्तानले सीमावर्ती क्षेत्रहरूमा गोलाबारी र ड्रोन आक्रमणको माध्यमबाट उक्त सहमति उल्लङ्घन गरेको आरोप भारतले लगाएको हो।

भारतको आरोप अनुसार पाकिस्तानले जम्मू–कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका विभिन्न सीमाक्षेत्रमा आक्रमण गरेको छ। विदेश सचिव मिश्रीले भारतीय सुरक्षाकर्मीहरूले आवश्यक प्रतिकार गर्दै सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिनुभएको छ।

युद्धविरामको घोषणा भएको केही घण्टापछि नै जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगर क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएको बताएका थिए।हालसम्म पाकिस्तानले भारतको पछिल्लो आरोपबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यद्यपि, भारतले पाकिस्तानले आफ्नो ‘अपरेशन सिन्दूर’ विरुद्ध ‘बुनयान–उल–मरसूस’ नाम दिई जवाफी कारबाही थालेको दाबी समेत गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच तत्काल र पूर्ण युद्धविरामको सहमति भएको बताएका थिए। सोही अनुसार बेलुका ५ बजेपछि दुवै देशले सैन्य कारबाही रोक्ने सहमति गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.