काठमाडौँ, २७ बैशाख । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज (२७ वैशाख) दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ।
कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बागलुङ, २७ बैशाख । बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठे र वडा नम्बर ९ को मालारानीलाई जोड्ने नयाँ मोटरेबल पुल सञ्चालनमा आएको छ। पाँच वर्षअघि निर्माण थालिएको यो पुल गत महिना...
काठमाडौं, २७ बैशाख । नेपाल शिक्षक महासंघले २९ दिन लामो शैक्षिक हड्तालका कारण परेको शैक्षिक क्षतिको पूर्ति गर्न विद्यालयलाई हिउँदे वा बर्खे बिदामा व्यवस्था गर्न अनुरोध गरेको छ। महासंघले...
बुटवल, २७ वैशाख । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ। यसका लागि लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट...
सुर्खेत, २७ बैशाख । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ स्थित पतेनी रोडमा रहेको ओली सुपरमार्टको गोदाममा भीषण आगलागी भएको छ। आगलागीबाट गोदाममा राखिएका करोडौं रुपैयाँ बराबरको सामान जलेर...