भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

काँग्रेसमा रुपान्त्रणको जरुरी छः मन्त्री खड्का

काँग्रेसमा रुपान्त्रणको जरुरी छः मन्त्री खड्का

काठमाडौं । काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस भित्र रुपान्त्रणको जरुरी रहेको बताएका छन् । जनताको सुख दुःखको साथी बन्न नेता देखि कार्यकर्तामा रुपान्त्रण जरुरी रहेको औल्याएका हुन ।

काँग्रेस जाजरकोट जिल्ला सम्मेलनको उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन । मतदाताले काँग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाए तर काँग्रेसले जनतालाई पहिलो प्राथमिक्तामा राखेको खोई ? प्रश्न गरे ।

सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले काँग्रेसभित्र रुपातन्तरण अहिलेको आवश्यक्ता रहेको संकेत गरे । काँग्रेसका हरेक नेता कार्यकर्ता तथा निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफुलाई सुधारको बाटोमा लैजानु पर्ने बताए ।

हरेक काम, आफ्ना प्रतिबद्धता र जनतासमक्ष देखाउने व्यवहारमा मतदाताको हित चिताएर काम गर्न निर्देशन दिए । उनले काँग्रेसमा कर्णाली प्रदेशको ठूलो योगदान रहेको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.