भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नवलपरासीको घिउखोलामा बस र ट्रक दुर्घटना

नवलपरासीको घिउखोलामा बस र ट्रक दुर्घटना

काठमाडौँ, १४ चैत्र । नवलपरासीको बर्दघाट नगरपालिका–४ घिउखोलामा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

आज बिहान ना ७ ख ९३९८ नम्बरको ट्रक र लु २ ख २३५१ नम्बरको बस दुर्घटनामा परेका हुन्। दुर्घटनामा गम्भीर घाइते भएकामध्ये तीन जनालाई जिल्ला अस्पताल परासीमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नवलपरासी पश्चिमका डीएसपी विरदत्त पन्तका अनुसार ज्यान गुमाउनेमध्ये रोल्पाको बागमाराका गोबिन बुढाको मात्रै पहिचान खुलेको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको छ। मृतकहरूको शव परासी अस्पतालमा राखिएको छ।

घाइते १५ जनामध्ये १३ जनाको लुम्बिनी सिटी अस्पताल बुटवल र दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.