भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

नगरभित्रका सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी खोल्न काठमाडौं महानगरको निर्देशन

नगरभित्रका सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी खोल्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी खोल्न निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो ।

महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन् ।अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरुलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि सूचनामा स्मरण गराएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.