भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

मलद्वारमा लुकाएर लागुऔषध तस्करी, उदयपुरबाट पाँचजना पक्राउ

मलद्वारमा लुकाएर लागुऔषध तस्करी, उदयपुरबाट पाँचजना पक्राउ

उदयपुर । मलद्वारमा लु्काएर लागुऔषध जिल्ला भित्र्याउने क्रममा प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका–६ बेल्टार बजारमा शरीरमा फ्रिजिङ गरी लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा चौदण्डीगढी नगरपालिका –६ का ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद भएको हो।

त्यस्तै सोही ठाउँका ३२ वर्षीय बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, ३० वर्षीय विशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । प्रहरीले सोही ठाउँका ३२ वर्षीय मनोज राईको साथबाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल बरामद गरेको छ । ३२ वर्षीय प्रवेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल गरी जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल बरामद भएको उनले बताए ।

प्रहरीका अनुसार नियमित चेकजाँचको क्रममा ति युवाहरुको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई स्थानीय बेल्टारस्थित चौदण्डीगढी हस्पिटल प्रालीमा भीडीयो एक्सरे गरिएको थियो । भीडीयो एक्सरेमा मलद्वारभित्र फ्रिजिङ गरी राखिएको लागुऔषध देखिएपछि डाक्टरकै सहयोगमा बाहिर निकालिएको प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । संलग्न सबैलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको एसपी थापाले जानकारी दिए । लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय ‘विशेष अप्रेशनु सञ्चालन गरेपछि प्रयोगकर्ता र कारोवारीले फरक उपाय अवलम्बन गरेको एसपी थापाको भनाइ छ।

उनले भने,‘लागुऔषध नियन्त्रणका लागि जिल्ला र मातहतका निकायमा अधिकतम प्रविधिको साथ लिएर युनिट नै परिचालन गरिएको छ। साथै तराईका जिल्लासँग जोडिएका सबै नाका,बजार र सम्भावित ठाउँको पहिचान र निगरानीलाई तीव्रता दिएका छौं । ‘सधैजसो झोला, गाडीका डिकी, सर्टपाइन्टका गोजीमा लागुऔषध आउने गर्थ्यो,ुउनले भने,‘पछिल्लो समय सुक्ष्म अध्ययन गर्दा लागुऔषध कारोबारीले फरक उपायको खोजी गरेको पाइयो। अब त्यहीअनुरुप अनुसन्धान हुन आवश्यक छ।

यसैबीच प्रहरीले वन मुद्दामा जिल्ला अदालतको फैसला पछि फरार रहेका उदयपुरगढी गाउँपालिका ७ का ४८ वर्षीय रामबहादुर खपाङ्गीलाई सोमबार पक्राउ गरेको छ । २०७० चैत्र १८ गतेको फैसलाले ३ महिनाकैद र १७ हजार जरीवाना तोकिएपछि फरार रहेका उनलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि जिल्ला अदालत पठाइएको छ।

 


Thali Mobile Pvt.Ltd.