भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

लागु औषधसहित चार जना पक्राउ

लागु औषधसहित चार जना पक्राउ

काठमाडौँ । अवैध लागु औषधसहित नेपाल प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–२ विजयनगर बस्ने वर्ष २३ को मखन चौधरीलाई शङ्का लागि चेकजाँच गर्दा गोजीमा लुकाई(छिपाई राखेको शुद्ध तौल ५० मिलिग्राम लागु औषध (खैरो हेरोइन) र निजको घरमा गई चेकजाँच गर्दा ४३ ग्राम लागु औषध पक्राउ गरेको हो ।

यता इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिगएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका बस्ने वर्ष २१ का नीराजन शाहको साथबाट १ ग्राम २३० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ भने धनगढीबाट बैतडी जान लागेका डोटीका अन्दाजी २४ वर्षीय दीपक विष्ट र गोबिन्द विष्टलाई अस्थायी प्रहरी पोस्ट खानिडाडाबाट खटिगएको प्रहरी टोलीले चेकजाँच गर्दा ४७ ग्राम ७० मिलिग्राम लागु औषध फेला परेपछि उनीहरूलाई पनि नियन्त्रणमा लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.