भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सहारा चितवन सहकारीको रकम हिनामिनाबारे छानविन गर्न लामिछानेलाई चितवन लगियो

सहारा चितवन सहकारीको रकम हिनामिनाबारे छानविन गर्न लामिछानेलाई चितवन लगियो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका लामिछानेलाई मंगलबार चितवन लगिएको हो ।

सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएपछि उनलाई चितवन लगिएको हो ।

सभापति लामिछानेलाई बुद्ध एयरमार्फत चितवन लगिएको प्रहरीले जनाएको छ । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सोमबार बयान सकिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार लामिछानेसँग ७४ वटा प्रश्न सोधिएको छ । स्वर्णलक्ष्मीबाट लिएको ऋण, फिर्ता रकम र फिर्ता हुन नसकेको रकमबारे उनलाई प्रश्न गरिएको थियो

चितवनको सहारा सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याएर बयान लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.