भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लागूऔषध तस्करीको प्रयास विफल, दुई आरोपी पक्राउ

लागूऔषध तस्करीको प्रयास विफल, दुई आरोपी पक्राउ

मुख्य बुँदा 

नेपाल भारत सीमा क्षेत्रमा ठूलो परिमाणको ओनेरेक्स कफ सिरप बरामद

१०० एमएलका ८४० फाइल बरामद

भारतीय र नेपाली नागरिक गरी दुई जना पक्राउ

बरामदगी सीमा स्तम्भ बीपी ३७६ नजिक, बेला गाउँबाट करिब १० किलोमिटर दूरीमा

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि छौदादानो थानामा बुझाइएको

रौतहट, १५ चैत्र । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र नेपाल सशस्त्र प्रहरीले संयुक्त अपरेसनमा ठुलो परिमाणको लागूऔषध बरामद गरेका छन्।

शनिवार साँझ करिब ७:४५ बजे प्राप्त सूचनाका आधारमा सशस्त्र सीमा बल ७१ बटालियन मोतिहारीको ‘बी’ कम्पनी महुआवाले छौदादानो थानासँग संयुक्त अपरेसन सञ्चालन गरेको थियो। अपरेसनको क्रममा बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड सवारीसाधनबाट १०० एमएलका ८४० फाइल ओनेरेक्स कफ सिरप बरामद भएको एसएसबी मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले जानकारी दिए।

बरामद सामग्री भारतबाट नेपालतर्फ तस्करी गरी ल्याउँदै गरिएको अवस्थामा फेला परेको छ। बरामदगी स्थल सीमा स्तम्भ (आईएनबी) बीपी नम्बर ३७६ नजिक, बेला गाउँबाट करिब १० किलोमिटर दूरीमा पर्दछ।

घटनामा एक भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय जन्मेजय कुमार मिश्र र नेपाल बारा जिल्ला कबहिगोठ–३ जमुनिया गाउँका ५० वर्षीय रमेश प्रसाद रहेका छन्। बरामद गरिएको लागूऔषध र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि छौदादानो थानामा बुझाइएको छ।

 


Thali Mobile Pvt.Ltd.