भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

कक्षा ५ सम्मका विद्यार्थीहरू परीक्षा दिन नपर्ने, वैकल्पिक मूल्याङ्कन प्रणाली लागू

कक्षा ५ सम्मका विद्यार्थीहरू परीक्षा दिन नपर्ने, वैकल्पिक मूल्याङ्कन प्रणाली लागू

काठमाडौं, १५ फागुन । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने महत्वकांक्षी योजना ल्याएको छ। अस्ति बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारका १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ८९ मा यस व्यवस्था उल्लेख गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको थियो। आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य बन्द गर्ने योजना कार्यान्वयन हुनेछ।

सरकारले विद्यार्थीहरूमा मानसिक दबाब र अनावश्यक तनाव नपरोस् भन्ने उद्देश्यले वैकल्पिक मूल्याङ्कन प्रणाली तयार गर्ने योजना पनि अघि सारेको छ। वैकल्पिक प्रणाली विद्यार्थीका सिकाइ क्षमताको सही मूल्याङ्कन गर्ने र दबाबरहित हुने गरी डिजाइन गरिने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.