भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कक्षा ५ सम्मका विद्यार्थीहरू परीक्षा दिन नपर्ने, वैकल्पिक मूल्याङ्कन प्रणाली लागू

कक्षा ५ सम्मका विद्यार्थीहरू परीक्षा दिन नपर्ने, वैकल्पिक मूल्याङ्कन प्रणाली लागू

काठमाडौं, १५ फागुन । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने महत्वकांक्षी योजना ल्याएको छ। अस्ति बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारका १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ८९ मा यस व्यवस्था उल्लेख गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको थियो। आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य बन्द गर्ने योजना कार्यान्वयन हुनेछ।

सरकारले विद्यार्थीहरूमा मानसिक दबाब र अनावश्यक तनाव नपरोस् भन्ने उद्देश्यले वैकल्पिक मूल्याङ्कन प्रणाली तयार गर्ने योजना पनि अघि सारेको छ। वैकल्पिक प्रणाली विद्यार्थीका सिकाइ क्षमताको सही मूल्याङ्कन गर्ने र दबाबरहित हुने गरी डिजाइन गरिने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.