भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सिंहदरबार कब्जा गर्ने शासक दलहरुले देश कंगाल बनाए: सांसद सुवाल (भिडियो सहित)

सिंहदरबार कब्जा गर्ने शासक दलहरुले देश कंगाल बनाए: सांसद सुवाल (भिडियो सहित)

ललितपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधि सभा सदस्य प्रेम सुवालले भारतको अगाडी नेपालका शासकहरुले घुडा टेकेर रोएपछि भारतले दाल,चालम पठाएको बताएका छन् । इजरायलले प्यालेस्टाइनविरुद्ध गरिरहेको बमबारी विरुद्ध नेपाल क्रान्तिकारी महिला संघले ललितपुरको मंगलबजारमा गरेको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै सांसद सुवालले उक्त कुरा बताएका हुन ।

उनले बहुदलको ३४ वर्षमा सिहंदरबार कब्जा गर्ने दलहरुले देशलाई भिखारी बनाएको तर्क गर्दै ती कुन–कुन पार्टीहरु हुन नेपाली जनताले पहिचान गर्नुपर्ने तर्क गरे । सांसद सुवालले इजरायलले गाजापट्टी गरिरहेको बमबारीको नेपाल मजदुर किसान पार्टी विरोधमा रहेको जानकारी दिए । अमेरिकी राष्ट्रपति बाइडेन युद्ध सरदार भएको आरोप लगाउँदै अमेरिकाको सहयोग विना इजरायल प्यालेस्टाइनसंगल लड्न नसक्ने सांसद सुवालको भनाई छ ।(भिडियो ….)

कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघका अध्यक्ष अनुराधा थापामगरले प्यालेस्टाइनी जनताको पक्षमा आफूहरु उभिरहेको बताउँदै अमेरिका हाम्रो देशमा पनि त्यही इजरायली रुपमा आउने बताइन । उनले सचेत जनताले अहिले नबोले कहिले बोल्ने भन्दै प्रश्न समेत गरिन ।(भिडियो सहित)

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य सिर्जना सैजुले समेत सम्बोध गरेकी थिइन ।सिंहदरबार कब्जा गर्ने शासक दलहरुले देश कंगाल बनाए ः सांसद सुवाल

 


Thali Mobile Pvt.Ltd.