भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिंहदरबार कब्जा गर्ने शासक दलहरुले देश कंगाल बनाए: सांसद सुवाल (भिडियो सहित)

सिंहदरबार कब्जा गर्ने शासक दलहरुले देश कंगाल बनाए: सांसद सुवाल (भिडियो सहित)

ललितपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधि सभा सदस्य प्रेम सुवालले भारतको अगाडी नेपालका शासकहरुले घुडा टेकेर रोएपछि भारतले दाल,चालम पठाएको बताएका छन् । इजरायलले प्यालेस्टाइनविरुद्ध गरिरहेको बमबारी विरुद्ध नेपाल क्रान्तिकारी महिला संघले ललितपुरको मंगलबजारमा गरेको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै सांसद सुवालले उक्त कुरा बताएका हुन ।

उनले बहुदलको ३४ वर्षमा सिहंदरबार कब्जा गर्ने दलहरुले देशलाई भिखारी बनाएको तर्क गर्दै ती कुन–कुन पार्टीहरु हुन नेपाली जनताले पहिचान गर्नुपर्ने तर्क गरे । सांसद सुवालले इजरायलले गाजापट्टी गरिरहेको बमबारीको नेपाल मजदुर किसान पार्टी विरोधमा रहेको जानकारी दिए । अमेरिकी राष्ट्रपति बाइडेन युद्ध सरदार भएको आरोप लगाउँदै अमेरिकाको सहयोग विना इजरायल प्यालेस्टाइनसंगल लड्न नसक्ने सांसद सुवालको भनाई छ ।(भिडियो ….)

कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघका अध्यक्ष अनुराधा थापामगरले प्यालेस्टाइनी जनताको पक्षमा आफूहरु उभिरहेको बताउँदै अमेरिका हाम्रो देशमा पनि त्यही इजरायली रुपमा आउने बताइन । उनले सचेत जनताले अहिले नबोले कहिले बोल्ने भन्दै प्रश्न समेत गरिन ।(भिडियो सहित)

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य सिर्जना सैजुले समेत सम्बोध गरेकी थिइन ।सिंहदरबार कब्जा गर्ने शासक दलहरुले देश कंगाल बनाए ः सांसद सुवाल

 


Thali Mobile Pvt.Ltd.