भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

जापानमा युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता

जापानमा युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता image

एजेन्सी । जनवरीदेखि मार्चसम्म देशभरि एक्लै बस्ने १७ हजार ३४ जना वृद्धवृद्धाको जापानमा ज्यान गएको छ । जापानमा तीन महिनाको अवधिमा एक्लै बस्ने १७ हजार जनाभन्दा धेरै वृद्धवृद्धाको घरमै ज्यान गएको जापानको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले पछिल्लो समय गरेको एक सर्वेक्षणले देखाएको हो ।

अहिलेको तथ्याङ्कले झस्काएको र अब आवश्यक कदम चालिने सरकारका एक जना जिम्मेवार व्यक्तिले बताएको पनि खबरमा उल्लेख छ । यो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ भर जापानमा एक्लै बस्ने ६८ हजार जना वृद्धवृद्धाको ज्यान जाने अनुमान छ । २०२४ को पहिलो तीन महिनामा २१ हजार सात सय १६ जना एक्लै बस्ने मानिसहरूको ज्यान गएको थियो । यीमध्ये कतिपय आत्महत्याका घटना पनि थिए ।

एक्लो मृत्युको लगभग ८० प्रतिशत अर्थात् १७ हजार ३४ जना ६५ देखि ८५ वर्ष उमेरका थिए । कुनै पनि व्यक्तिको साक्षीविना मृत्यु भएमा त्यसलाई एकान्त मृत्यु भनिन्छ ।

जापानमा युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता बढेको छ । घरमा एक्लै बस्दा कतिपयले आत्महत्या गर्ने र कतिपयको अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याका कारण ज्यान जाने गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.