भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जापानमा युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता

जापानमा युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता

एजेन्सी । जनवरीदेखि मार्चसम्म देशभरि एक्लै बस्ने १७ हजार ३४ जना वृद्धवृद्धाको जापानमा ज्यान गएको छ । जापानमा तीन महिनाको अवधिमा एक्लै बस्ने १७ हजार जनाभन्दा धेरै वृद्धवृद्धाको घरमै ज्यान गएको जापानको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले पछिल्लो समय गरेको एक सर्वेक्षणले देखाएको हो ।

अहिलेको तथ्याङ्कले झस्काएको र अब आवश्यक कदम चालिने सरकारका एक जना जिम्मेवार व्यक्तिले बताएको पनि खबरमा उल्लेख छ । यो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ भर जापानमा एक्लै बस्ने ६८ हजार जना वृद्धवृद्धाको ज्यान जाने अनुमान छ । २०२४ को पहिलो तीन महिनामा २१ हजार सात सय १६ जना एक्लै बस्ने मानिसहरूको ज्यान गएको थियो । यीमध्ये कतिपय आत्महत्याका घटना पनि थिए ।

एक्लो मृत्युको लगभग ८० प्रतिशत अर्थात् १७ हजार ३४ जना ६५ देखि ८५ वर्ष उमेरका थिए । कुनै पनि व्यक्तिको साक्षीविना मृत्यु भएमा त्यसलाई एकान्त मृत्यु भनिन्छ ।

जापानमा युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता बढेको छ । घरमा एक्लै बस्दा कतिपयले आत्महत्या गर्ने र कतिपयको अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याका कारण ज्यान जाने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.